Author: Madmin
Tulsi Das Malla
Personal Information
|
||
|
Name
|
Tulsi Das Malla
|
|
| Gender | ♂️ Male | |
Parents ( 1 )
|
Father
|
Ram Krishna Malla | |
| Mother | Yog Laxmi Malla | |
| Siblings |
♂️ Laxmi Das Malla
♀️ Balu Kumari Malla ♂️ kshetra Narayan Malla ♀️ Basanti Malla |
|
Spouses ( 1 )
|
Spouse
|
Niir Kumari | |
| Children |
♀️ Bhagwati Malla
♂️ Narayan Malla ♂️ Vishnu Malla ♂️ Ishwoor Malla |
|
Additional Information
|
Additional Info
हाम्रा वाजेहरु पुरुषार्थी थिए । वहाहरु पछिका सन्तानसंग तुलना गर्दा बाजेहरु अलि दृढ संकल्प र नेतृत्वकलाको कौशल भएका प्रतापी जनहरु थिए । यो कुरा हामीले वहाहरुले वहाहरुका पालामा गर्नु भएका क्रियाकलापवाट छर्लङ्ग हुन्छ । यातयताको कत्ती पनि सुविधा नभएको वखतमा पनि देशदेसान्तर घुमी चाहारी आफ्नो ब्यवसाय र सम्पत्तिको जगेर्ना गर्नु भएको थियो । आजको धेरै जसो पुस्ताहरु उनै वावुवाजेले जोडिदिएको सम्पत्तीमा खेलिरहेका छन भन्दा अतियोक्ती नहोला । वहाहरु दुरदर्शी र समयको महत्वलाई बुझन सक्ने र एकै थलोमा वसि नरही विभिन्न ठाउहरुमा अबशरको खोजीमा हिडी रहनुहुन्थ्यो । राजाको देश जित्ने चाहानामा हिडने अभियान जस्तो वहाहरुको अभियान थियो त्यसताका । जहा गए पनि त्यहाको समाजलाई नेतृत्व गर्न सक्ने वहाहरुको खुवी अदितिय थियो । त्यसठाउमा उनिहरु राजा जस्तै ब्यक्तित्व राख्द थिए । उदाहरणको रुपमा चिनियाखर्कमा….,जरेबरमा चितवन….. मनकामनामा, आवुखैरेनी चितवन…… राजवीरको नाती रामकृष्णको कान्छा छोरा तुलसीदाश मल्ल आफ्नो परमप्यारी श्रीमति निरकुमारी मल्लका साथ चिनियाखकवार्ट आज भन्दा करिव ९० वर्ष भन्दा अघि मनकामनाको डांडामा ब्यापार शुरु गर्ने शिलसिलामा आउनु भएको थियो । साधारण लगाउने लुगा मात्र लिएर आउनु भएको वहाले मनकामनाको बक्रेश्वर महादेवको दक्षिणी काखमा रहेको भातेचउर भन्ने ठाउमा पहिलो बास बनाउनु भयो । त्यही वसाइ सरेर मनकामना डाडाको जानकारी लिनु भयो र आफ्नो ब्यवसाय पनि त्यहीवाट शुरु गर्नु भयो । केही समयकाल त्यहा ब्यतित गर्नु भएपछी वहा मनकामना परिशरमा कोटगाम मुनी घरवनाई पसल थापेर ब्यापारको शुरुवात गर्नु भए पछी विस्तार वि.स. १९८७ सालमा देवीको मन्दरि अगाडी सानो जग्गा ब्यवस्था गर्नु भएर सानो कच्चाा घर बनाई त्यही घरवाट ब्यापार कारोवार गर्न थाल्नु भयो । त्यतिवेला पुरै मनकामना डाडाको वरीपरी रहेका गाउवस्तीहरुमा मनकामनाको पुजाहारीको हैकम चल्थ्यो । पुजाहारी र उनिहरुको नसनातेदारको एकछत्र शाषन चल्दथ्यो भन्दा अतिउक्ती नहोला । त्यो इलाकामा उनिहरुकै राज्यनै जस्तो थियो । त्यतिमात्र नभई पुजाहारीको मामा खलकको पनि निक्कै दवदवा थियो । उनिहरु सामन्त थिए र रैथानेलाई रैति सरह ब्यवहार गर्ने गर्दथ्यो र उनिहरुको ब्यक्तिगत चाहना अनुसार रैथानेहरु रहन पर्दथ्यो । गाउका मुखिया, कटुवाल, कविराज, पाठशालाका मास्टर सवै उनिहरुको दवावमा रहन बाध्य थियो, नत्र आफ्नो जागी जोगाउन सकिदैनथ्यो । उनिहरुको विरुद्धमा उत्रिनु भनेको एकदमै ठूलो शत्रुता कमाउनु सरह हुन्थ्यो । यहि कुरा उहाले बुझ्नु भएपछी त्यही खलकको नाता पर्ने प्रभावसाली ब्यक्ति संग मितेरी नाता लगाउनु भयो । भनीरहन परोइन की गाउठाउमा त्यतिवेला मितेरी साईनो भनेको पारिवारिक नाता भन्दा पनि बलियो हुने गर्दथियो । तत्पश्चात, हाल रहेको मन्दिरको दक्षिण पश्चिम परिशरमा मितकै सहारामा जग्गा उपलब्ध भयो र सानो घर त्यही बनाई कपडा तथा खाद्य्य बस्तुहरुको कारोवार थाल्नु भयो । विस्तार ब्यवसाय राम्रो चल्दै गयो । त्यसताका त्यो क्षेत्रमा अरु ब्यापारीनै थिएनन् । मनकामनाको प्रसिद्धी त्यतिखेर पनि रहको हुनाले खास गरी काठमाण्डौवाट मनकामना दर्शनको लागी चारपाच दिन को यात्रा तय गरेर पनि दर्शन गर्न आउथे मान्छेहरु । वाजे तुलसीदाशले पनि काठमाण्डौ तथा भारतको ठोरी र टांडा भन्ने ठाउवाट सामान पैठारी गर्नु हुन्थ्यो । ब्यवसाय राम्रै चल्दै गयो । वहा दुवै जनाको जीवन राम्रो ब्यस्त चलिरहेको थियो । घर गाँँउमा र वरीपरी वहाको पर्यायवाची नाम चिनियाखर्के साहुको नाममा प्रसध्दि हुदै गयो । जिल्ला भित्र तथा जिल्ला बाहिरवाट कोही सरकारी हाकीमहरु आए पनि उहा अग्रपंक्तीमा पर्ने हुनुहुन्थ्यो । समय घर्कीदै गयो …हुंदा हुंदै विक्रम सम्बत १९८७ चलिरहेको थियो । बसीरहेको ठाउकै सांधमा केही जग्गा थप्नु भयो र त्यहा एउटा पक्कीघर बनाउने निधो गरी शुभसाईत जुराइ घर निर्माण कार्यको शुरुवात गर्नु भयो । ललितपुको पाटन देखी सिकमी, डकर्मी, झिकाई घर निर्माण सम्पन्न गर्नु भयो । यो त्यही घरको मोडिफाईड रुप हो । यहि घरवाट वहाको पारिवारिक जिवनको शुरुवात भयो । १९९० सालमा पनि केही भएन यो घरलाई । त्यही सालमा जेठो छोरा ईश्वर मल्लको जन्म भयो त्यसपछी छोरी भगवति मल्लको त्यसपछी नारायण मल्लको २००१ कान्छा विष्णु मल्लको २००३ मा जन्म भयो । यौ दौरानमा अरु ६ जना केटाकेटी भए तर ति सवै अल्पायुमा खेर गए । हाल माथी उल्लेख गरिएका केटाकेटी मध्ये नारायण मल्लको स्वर्गे भइसकेको छ । परिवार वढदै गयो । जेठा छोरोको अब ११ वर्ष पुगेपछी विहे गर्ने वेला भयो भनेर केटी खोज्ने कार्य भयो ।त्यसपछी मनकामना भन्दा केही तल रहेको उत्कृष्ट नेवार समुदाय रहेको सिलिङ्ग भन्ने गाउको गैंडा खलक की ९ वर्षीया पूर्ण कुमारी श्रेष्ठ संग धुमधाम संग विहे गरिदिनु भयो । सुन्दा अनौठो लाग्छ । तर वेलावखतको कुरो हो त्यतिखेरको समाजमा सोही चलन रहेको थियो । विहे गरेको भने पनि उनिहरु बच्चानै थिए, यसैले उनिहरुलाई केही थाहानै थिएन । संगै खेल्थे खान्थे । त्यसै गरी माहिला वुवाको विहे जौवारीको धनमान श्रेष्ठको शाहिली वैनी सुसिला अमात्य संग भयो भने विष्णु मल्ल कान्छा छोराको पोखराको लालबहादुर ढेवाजुको कान्छी छोरी विजया लक्ष्मी संग भयो । अर्को कुरा छोरो ठूलो भइसकेको थियो , वाजेले छोरालाई विस्तारै ब्यापारको काम सिकाउन थाल्नु भयो । आफ्नो सहयोगी वनाउदै लानु भयो । यसरी वुवा सानै देखी घरको ब्यापार धान्ने जिम्मेवारीमा पर्नु भयो । उहाले त्यति चाह सित पढलेख गर्ने अबशर पाउनुनै भएन । तत्पश्चात बुवा २० पुग्नु भएपछी म याने विश्व मल्लको जन्म यहि घरमा भयो । त्यसपछी म आठमहिनाको भएपछी खै के कारणले हो बुवाको अर्को विहे गोरखाको पोखरीथोकमा भएछ । शायद सम्बन्ध विस्तारको लागी होला । मैले जान्ने या खोतल्ने कोशिस गरेको छैन । त्यसपछी लगातार नया आमावाट बहिनी निलम, भाइहरु विजय, विपिन र विनयको जन्म भयो । |
Basanti Malla
Personal Information
|
Name
|
Basanti Malla
|
|
| Gender | ♀️ Female | |
Parents ( 1 )
|
Father
|
Ram Krishna Malla | |
| Mother | Yog Laxmi Malla | |
| Siblings |
♂️ Laxmi Das Malla
♀️ Balu Kumari Malla ♂️ kshetra Narayan Malla ♂️ Tulsi Das Malla |
|
kshetra Narayan Malla
Personal Information
|
||
|
Name
|
kshetra Narayan Malla
|
|
| Gender | ♂️ Male | |
Parents ( 1 )
|
Father
|
Ram Krishna Malla | |
| Mother | Yog Laxmi Malla | |
| Siblings |
♂️ Laxmi Das Malla
♀️ Balu Kumari Malla ♀️ Basanti Malla ♂️ Tulsi Das Malla |
|
Spouses ( 1 )
|
Spouse
|
Tulshi Devi Malla | |
| Children |
♂️ Padma Narayan Malla
♂️ Indra Narayan Malla |
|
Spouses ( 2 )
|
Spouse
|
Maan Kumari Malla | |
| Children |
♀️ Om Kumari
♀️ Krishna Kumari ♀️ Ganga Kumari ♂️ Nijananda Malla ♂️ Gyanendra Malla |
|
