रामयुग मल्ल प्रतिष्ठानको परिचय
देशमा विभिन्न संघ संगठनहरुले सामाजिक, आर्थिक र सांस्कृतिक बिकाशमा उल्लेखनिय सेवाहरु पुरयाउदै आएकोमा सोहीवाट प्रेरित भई र परंपरा देखि हाम्रा पुर्खाहरुले समाजको विभिन्न क्षेत्रमा आआफ्नो बिवेक तथा वुद्धिले भ्याए सम्मको सेवा र सहयोग गर्दै आईरहेको परम्परालाई निरन्तरता दिई सामाजिक सेवाको उच्चतम मूल्य र मान्यतालाई हृदयंगम गरी पुर्खाहरुको स्मृतिमा ब्यवस्थित संस्थाको आबश्यकता महशुस गरी बिशुद्ध मानविय सेवाको भावनाले सवैलाई एकजुट गराई संगठित शक्तिको स्थापना गर्ने दृढ संकल्प सहित रामयुग मल्ल प्रतिष्ठान स्थापना गर्ने निर्णय गरिएको छ । नाफाको दृष्टिले नहेरी, विशुद्ध समाज सेवामा समर्पित रही सेवामूलक कार्यहरु गरी समाजमा ब्याप्त गरिवी, अज्ञानता र पछौटेपन हटाउन संस्थागत प्रयास गर्ने । देशको मेरुदण्ड मानिएका जनवर्गको चौतर्फी प्रतिभा विकाशको लागी योजना तर्जुमा गरी कार्यान्वयन गर्ने तथा हरेक ब्यक्तिलाई एक मानवताको दृष्टिले हेरी सवैलाई कुनै पनि सामाजिक, धार्मिक, आर्थिक र राजनैतिक भेदभाव, पक्षपात रहित सेवा र आबश्यक मद्दत गर्न प्रयत्नशिल रहने र आधुनिक, वैज्ञानिक र अरु शैक्षिक तथा स्वस्थ्य क्षेत्रको विकास पथमा कुनैपनि दक्ष नागरिकहरुलाई अझ वढि हुन सक्दो मद्दत गर्नुका साथै समाजको हितको निम्ति नयाँ कार्य, अनुसन्धान र आबिश्कार प्रति ध्यान दिन मौका र सहयोग प्रदान गर्ने । संस्थापनको उदेश्य अनुरुप कार्य गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसंग सम्बन्ध कायम गरी संयुक्तरुपमा कार्य गर्ने । देश विकास प्रयासमा सक्दो सहयोग गर्ने । समाजसेवा भनेको समाजको सर्वत्तोमुखी संस्कार हो भन्ने कुराको चेतना समाजमा फैलाउने । उपर्युक्त उदेश्य संग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्ने संस्थाको लक्ष रहेको छ ।
प्रतिष्ठानको नाम “राम–युग मल्ल प्रतिष्ठान” रहेको छ भने अंगे्रजीमा यस प्रतिष्ठानको नाम “ Ram-Yug Malla Foundation”
राखिएको छ । रामयुग मल्ल प्रतिष्ठान पनि समाजमा विद्यमान अन्य NGO, INGO, जस्तै सामाजिक सेवा गर्ने संस्था हो । २०५३ सालमा, गोरखा जिल्ला तथा देश विदेशको अन्य भागमा छरिएर वसेका मल्ल परिवारहरुले आफ्नो पूर्खाहरुले गरिआएको विभिन्न सेवा कार्यहरुलाई एकिकृत रुपमा एउटै संस्थावाट गर्ने दृढताका साथ यो संस्थाको स्थापना गरिएको थियो । यो संस्था सामाजिक कल्याण संस्थामा समेत दर्ता गरिएको छ ।
आदरणिय स्व. पद्म नारायण तथा स्व. धर्म कुमारी मल्ल ज्यूको सहयोगमा यो संस्थाको जन्म भई सामाजिक संस्थाका संस्था दर्ता नहुदै गरि आएको सामाजिक कार्यहरुलाई संस्थागत रुपले निरन्तरता दिइएको थियो । यस संस्थाको मुख्य कार्यालय संस्थाको रजिष्टर्ड कार्यलय चितवनको भरतपुर १० मा रहे पनि हाल संस्थाका सदस्यहरुको बहुसंख्यक वसोवास तनहुको आंवु खैरहनी, तथा काठमाण्डौमा रहेको छ । यसैले संस्थाको कार्यक्षेत्र उतै तिर हुने गरेको छ भने परिस्थिति अनुसार देशको जुनसुकै भागमा पनि परेको बखत संस्थाले सेवा दिने गरेको छ । यस संस्थाले आफ्नो उद्देश्यमा, शैक्षिक क्षेत्र तथा स्वास्थ्य सेवालाई ओगटेको छ भने अन्य जन चेतनाका कार्यहरुलाई निरन्तरता दिने गरेको छ । यसले विगतमा कमजोर विद्यार्थीहरुलाई छात्रवृती, स्कुल पोषाक, स्टेसनरी सामान उपलब्ध गराइसकेको छ । महिला कानुनी साक्षरता, प्रौढ शिक्षा, समुदायीक पुस्तकालय संचालन, नेत्रहीनहरुलाई सहयोग तथा औषधी वितरण, रक्त संकलन, निशुल्क स्वास्थ्य परिक्षण र विभिन्न उपयागी तालिमहरुको समेत कार्यहरु गरिसकेका छन् ।
यो संस्था अन्य सामाजिक संस्थाहरु जस्तै संस्था भए पनि यसका सदस्यहरु भने गोरखा जिल्लामा बसोवास गरेका यहाँवाट देशका तथा विदेशका विभिन्न ठाउँमा गई वसोवास गरेका मल्ल खलक र उनका चेलिबेटी रहेका छन् । खलक ठूलो भएकोले यो संस्थामा अन्य वाहिरका ब्यक्तिहरु राखिएको छैन । यसैले संस्थाले खलक भित्र खलक ब्यवस्थापनको कार्य पनि गर्ने गर्दछ । यसो गर्नुको उदेश्य सन्तानलाई वलियो र छरिएर वसेको सवैलाई एकत्रित गरि एकै ठाउमा ल्याउने हो जसले गर्दा सामाजिक कार्य गर्न सहज हुनेछ । यसै अनुरुप यहि संस्थाको पहलमा खलकको कूल मन्दिर निर्माण गर्ने निर्णय भए लगत्तै अध्यक्ष विजय मल्लको नेतृत्वमा दाता द्धोय आदरणीए ईश्वर मल्ल तथा आदरणीए विष्णु मल्लले गोरखाको देउराली स्थित ३ किलो भन्ने ठाउमा जसलाई आजभोली कुलायन मोडको नामले चिनिन्छ गोरखा नारायणगढ राजमार्गमा रहेको आफ्नो करोडौं पर्ने ४÷५ रोपनि जग्गा प्रदान गर्नु भएको छ । रामयुग मल्ल प्रतिष्ठानको नाममा उपलब्ध यहि जग्गामा मन्दिरका साथै अन्य बहुउदेश्यीए कार्य गर्ने सोच अनुसार हाल एक मन्दिर र कूलघरको निर्माण सम्पन्न भएर प्रयोगमा आइरहेको छ । निर्माणका लागी आयश्रोत सम्पूर्ण मल्ल खलकले चन्दा सहयोग गरेको थियो । निर्माण सम्पन्न प्रश्चात संस्थाका सदस्यहरु घरायसी जमघट तथा संस्थाका अन्य कार्यहरु यहि थलोवाट हुदै गरेको छ । विस्तारै यहि ठाउँमा प्रतिष्ठानले अरु समाजका हितका लागी आबश्यक निर्माणहरु गर्दै जानेछन् जसमध्ये एक बहुउदेश्यीए हल पनि रहेको छ । निर्माण भएको मन्दिरलाई सार्वजनिकीकरण गरी आम जनसमुदायको लागी खुल्ला गरिने निर्णय भएको छ । सदस्यहरुको विचारलाई एकरुपता दिन र एकआपस विच साझा समझदारी वृद्धि गर्न यो थलोले सहयोग गरेको छ । यो कार्यले हामी सवै सदस्यलाई गौरव महशुस भएको छ । यसैगरी संस्थापनको कालमा भरतपुर चितवनको शरदपुरमा दाता श्री आदरणीए स्व. पदमनारायण मल्ल तथा धर्मकुमारी मल्ल ज्युले प्रदान गर्नु भएको घरेडी जग्गा रहेको छ । हाल सो जग्गाको अग्रभाग हुलाकी मार्गमा परेको भन्ने थाहा हुन आएको छ । हुलाकी मार्गले काटेर वाकी रहेको जग्गामा केही पनि निर्माण कार्य हाम्रो संस्थाको लागी उपयोग हुन नसक्ने देखिएको छ । तर त्यसै ताकानै वहाँहरुले त्यही जग्गाको एक कित्ता (दाता पुत्रहरुको) पछाडी संस्थालाई प्रदान गरिएको थियो । अगाडीको जग्गा संग साँध मिलाउन दाताका पुत्रहरुवाट प्राप्त गर्न वाकी सो प्रतिबद्ध गरिएको जग्गा र त्यसै जग्गा संग जोडिदिनको लागी यस सम्बन्धमा दाता पुत्रहरु संग समाधानकोको लागी कुराकानी अगाडी वढदै गरेको अवस्था छ ।