मिति २०७८ आश्विन ३ गते आईतवार
आठाैं सावर्णि मतन्तरकाे संकल्प शुरु गर्ने तथा काठमाण्डाैमा भएका दाजुभाई तथा ज्वाँईचेलिवेटि एकआपसमा भेटघाट गरि याे चलिरहेकाे काेभिडकाे ग्यापलाई अलिकति भने पनि दुरि कम गराउने उदेश्यले रामयुग मल्ल प्रतिष्ठान द्वारा भेंटघाट कार्यक्रम आयाेजना गरिएकाे थियाे । कार्यक्रममा करिव ५० जनाकाे उपस्थित रहेकाे थियाे । पर्व समय सुधार विषयमा श्री हरिनारायण मल्ल ज्युले केही प्रकाश पार्ने काेशिस गर्नु भएकाे थियाे । हाम्राे चाँडपर्वकाे तिथिमिति २२/२३ दिनले अघि सरिसकेकाे हुनाले अहिले हामिले मानि आएकाे चाँडपर्वकाे मिति नक्षत्रहरुकाे गतिले अगाडि सरिसकेकाे कुरा बैज्ञानिकहरु द्वारा पुष्टि भईसकेकाे छ । मनाउनु पर्ने चाँडबाड एकदम सहि तिथिमा हामिले नगरि रहेकाे हुनाले पनि हामिले जुन कुराहरु चिताएर चाँडवाड मनाउछाैं साेहि अनुरुपकाे परिणाम हामिले नपाई रहेकाे अनुभुति सवैलाई भईरहेकै हाे । याे कुरा केही दशक देखि देशमा घटिरहेकाे प्राकृतिक विपत्ति, जनताकाे जिवनमा प्रभाव पार्ने राजनितिक चलखेल झैझगडा आदिले दर्शाईनै रहेकाे छ । जे कुरा पनि सहि समय र सहि वेलामा गर्याे भने त्यसकाे फल सहि पाउने हुन्छ । अहिलेकाे अवस्थामा साे नभएकाेले हामिले परिणाम पनि प्रतिकुल रुपमा भाेग्न परिरहेकाे अवस्था छ । याे कुराकाे सच्चाई, वाठाटाठा लगायत बुध्दिजिवि राजिनितिज्ञ सवैले बुझेकै भए पनि आआफ्नाे समुहगत तथा ब्यक्तिगत स्वार्थकाे कारणले ब्यवधान खडा गरिरहेकाे देखिन्छ । पृथ्वि गाेल छ र याे सुर्य ओरिपरि घुम्छ भन्दा अरिस्टाेटलले सजाय भाेग्नु परेकाे तथ्य हामी संग छ, अहिले याे केसमा पनि परम्पराकाे नाउँमा भ्रम छर्ने कार्य भईरहेकाे छ । तर सत्य एकदिन सावित त हुन्छ नि । यहि कुरालाई मनन् गरेर हामिले यसलाई आत्मसात गर्नु हाम्राे लागि श्रेयकर छ भन्ने हामिलाई लागेकाे छ। याे अभियानले परम्परा विग्रने भन्दा पनि परम्परालाई अरु वलियाे वनाउने कुरा हाे । याे अभियान हाम्राे परिवारकाे दाजुभाई मध्ये एकजना बुध्दिजिविले शुरु गर्नु भएकाे हुनाले र पछि यहि कारणले सन्तानकाे नाम रहने हुनाले पनि यसमा हाम्राे साथ हुन जरुरि सम्झन परेकाे हाे । यस्ताे किसिमकाे जमघट काठमाण्डाैमा पहिलाे चाेटि भए पनि यसका लागि देशका विभिन्न जिल्लाहरुमा भने बर्षाैं पहिले देखि काे जमघटमा निरन्तरता छ र गाेरखा तथा चितवनका विभिन्न क्षेत्रमा बसाेवास गरेका हाम्रा सन्तान हरुले स्थानियकाे सहयाेग र चाखमा पनि जमघट गरि याे अभियानलाई साथ दिदै आएका छन् । अतः यसमा हाम्रा सन्तानका सदस्यहरुले अन्यथा साेच्न पर्ने केही कुरै छैन । अभियान सत्य र तथ्यमा आधारित भएकाे र यसले हाम्राे हिन्दुहरुकाे परम्परालाई अरु थप वलियाे वनाउने भएकाेले यसमा हाम्राे साथ रहदा राम्राे हाेला भन्ने लाग्दछ ।