Website and Genealogy

सम्पूर्ण सदस्यहरुलाई रामयुग मल्ल प्रतिष्ठानको बंशावलि तथा प्रविधि समितिको तर्फवाट सुचित गर्न चाहान्छु की, समितिले जिम्मा लिएको बंशावलिको सफ्टवयर निर्माण र पहिले प्रकाशित भइसकेको कागजी बंशावलिको डाटा ईन्ट्री गर्ने कार्य तथा हाम्रो रितिथिति तथा संस्कारहरुको मस्यौदा प्रति लेखन कार्य पुरा भई गत कार्तिक २७ गते शनिवार बसेको कार्यसमितिको वैठकमा प्रस्तुत गरि सकिएको छ । वैठकमा वेवसाईटमा राखिएका लेख सामग्रीहरु र बंशावलि सफ्टवयर भित्र राखिएका डाटाहरु वारे समितिलाई सचित्र जानकारी गराइएको थियो । यो वेवसाईट पब्लिस पनि भइसकेको छ र यसको जानकारी पटकपटक जानकारी पनि गराउदै आएको छ । वेवसाईट भित्रका लेखहरु परिमार्जित हुन वाकी रहेको जानकारी पनि गराइनै आइरहेको छु । साईटलाई खालि राख्न उचित नहुने हुनाले यसो गरिएको हो । सन्तान भित्रका आफ्ना उल्लेखनिय तथा विषेस पुर्खाहरुको वारेमा महत्वपूण जानकारी हरु छन भने उनिहरुको विषयमा लेखहरु पनि मैले आव्हान गरिनै रहेको छु । सन्तानको आआफ्नो विवरण त्यसै पनि राख्नको लागी पनि भनिनै रहेको छु । सन्तानका केही भद्रहरुलाई पनि अनुरोध गरेकै छु । सवैको सहयोगवाट मात्र यो निर्माण अभियान पुरा हुन सक्ने हुंदा ति सामग्रीहरु यथाशिघ्र आवस भन्ने चाहना रहेको छ । पछी निर्माण भइसकेपछी टिका टिम्पणी र वहस गर्नु भन्दा अहिलेनै ति कुराहरु हुदैं गयो भने सहज हुने छ । हामी वहस मात्र गरिरहनु भन्दा पनि विगतमा निर्णय भएका कार्यहरु सम्पादन गर्दै जानु उचित हुन्छ की भन्ने लाग्दछ ।
वेव साइटमा भएका विवरणहरु निम्न छनः
१. About Us अन्तर्गत, संस्थाको परिचय, कार्यसमिति, समितिहरु, अध्यक्षको भनाई, सदस्यहरुको नामाबलि, सदस्यहरुको लिष्ट आदि ।
२. Activities अन्तर्गत हालको कृयाकलापहरु, गएको दिनको कृयाकलापहरु रपछी गरिने कृयाकलापहरु छन् ।
३. Gallery अन्तगत फोटोहरु र भिडियोहरु छन ।
४. Notice Board अन्तर्गत सूचनाहरुरहने छन् ।
५. Our Rituals अन्तर्गत हाम्रोरितिथिति र संस्कारहरु वारे मस्यौदा रहेका छन
६. Telephone Directory अन्तर्गत सदस्यहरुको टेलिफोन नम्बरहरु रहेका छन जुन सर्चबक्समा नाम टाइप गरेर नम्बर पल्यिाउन सकिनेछ ।
७. Contact Us मा संस्थालाई कुनै पनि विषयमा फिडब्याक दिन र सोध्न सकिनेछ । सम्पर्क नम्बरहरु पनि दिइएको छ ।
८. Genealogy बंशावलिको सफ्टवयर छिर्ने मूल ढोका हो । यसलाई क्लीक गरिसके पछी बंशावलिको पेज भित्र पुग्दछौं । मूल पुरुष राजविर मल्ल रहेकोले उसको नाम मुनी + चिन्ह रहेको छ त्यसैलाई थिच्दै गएपछी आफ्ना वाजे का नामहरु देखिन्छन र सोही अनुसार खोज्दै गए पछी विभिन्न सन्तानका हांगाहरु देखिदै जानेछन् । कतिपयका ेतस्विर राखीएको छ भने कतिपयको छैन । उपलब्ध भए अनुसार गरिएको । यसैगरी तस्वीरमा थिच्दा कतिपयको ब्यक्तिगत विवरणहरुपनि आउछन । यो पनि उपलब्ध हुनाको कारण हो । सवैको राख्न मिल्छ । कसैको एकैचोटी डाइरेक्ट जानकारी चाहियो भने माथी देव्रे साइडमा सर्च भित्र नाम टाइप गरी सर्च गरे उसको विवरण आइहाल्ने गर्दछ । र यदि बंशानुगत पारिवारिक ट्री हेर्न परे आफ्नो मूल वाजेको + चिन्ह थिच्दै वावुहरुको नाम पच्छयाउदै गएमा आफु र आफु मुनिका सवैको विवरण हेर्दै जान सकिने छ । गरी पठाइदिंदा हुन्छ । यदि नया कुनै थपघट गर्नु छ या विवरण पठाउनु छ भने मलाई मेरो इमेल vishwamalla1@gmail.com मा Attach  गरी पठाइदिंदा हुन्छ